सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

जेठ ४, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

बुधबार प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज ३ सयले घटेर प्रति तोला १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य स्थिर रहेको छ । बुधबार प्रति तोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भईरहेको छापावाला चाँदी आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ ।

संम्बन्धित समचार

Leave a Reply