मन्त्रीको सम्पत्तिः यो आर्थिक वर्षको विवरण गोप्य

माघ २४, काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था भएपनि सरकारले ७ महिनासम्म गोप्य राखेको छ ।

मन्त्रीहरुले भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्पत्ति विवरण बुझाइसकेका छन् ।

गत वर्ष सम्पत्ति विवरण सार्वजनिक गरेपछि केही मन्त्रीहरुको आलोचना भएको थियो । उनीहरुको आर्थिक स्रोतमै प्र्रश्न उठेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोद कुँवरले मन्त्रीहरुले सम्पत्ति सार्वजनिक गर्ने भएकाले आफू अनभिज्ञ रहेको तथा धेरै बोल्न नसक्ने बताए ।

संम्बन्धित समचार

Leave a Reply