गौतमश्री सहकारीलाई सरकारले गर्यो समस्याग्रस्त घोषणा

चैत्र १४, काठमाडौँ । गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई पनि सरकारले समस्याग्रस्त घोषणा गरेको छ । उक्त सहकारीले नियम विपरित कार्य गरि बचतकर्ताको बचत फिर्ता नगरेको भन्दै समस्याग्रस्त घोषणा गरेको हो ।

सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त सहकारीलाई आज ९मंगलबार० समस्याग्रस्त घोषणा गरेको छ ।

गौतमश्री सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य र मान्यता विपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत फिर्ता नगरेको पाईएपछि सहकारी ऐन अनुसार समस्याग्रस्त घोषणा गरेको मन्त्रालयले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply