बीपीको शालिकमा माल्यार्पण गर्दै गगन थापाले पुन: सुरु गरे संवाद यात्रा

चैत्र १५, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रोकिएको ‘संवाद यात्रा’ फेरि सुरु गरेका छन् । केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनपछि स्थगित गरिएको संवाद यात्रा रोकिएको ठाउँबाट सुरु गरिएको हो । नवलपरासीको गोपीगञ्जमा रहेको बीपी कोइरालाको शालिकमा माल्यार्पण गर्दै सुरु भएको हो ।

गत १३ माघमा थापाले यात्रा सुरु गरेका थिए । २३ माघबाट यात्रा रोकिएको थियो । यो हुलाकी राजमार्ग केन्द्रित यात्रा हो । यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट सुरु भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमै पुगेर रोकिएको थियो ।

संम्बन्धित समचार

Leave a Reply