प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाबीच छलफल

चैत्र १५, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटमा सङ्क्रमणकालीन न्याय, सङ्घीय संसद्लाई सहजरुपमा सञ्चालन गर्ने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

गृहमन्त्री रवि लामिछानेको नियुक्तिलाई लिएर कांग्रेसले संसद्मा विरोध गर्दै आएको छ। गृहमन्त्री लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी संस्थाको बचत हिनामिनाको आरोप लागेको छ। लामिछानेको नियुक्तिले सहकारीको हितामिना छानबिन प्रभावित हुने कांग्रेसको भनाइ छ ।

त्यस्तै, संक्रमणकालीन न्याय सम्बन्धी विधेयक लामो समयदेखि संसद्मा अड्किएको छ। त्यसलाई टुंगोमा पु¥याउने विषयमा पनि छलफल भएको जनाइएको छ ।

संम्बन्धित समचार

Leave a Reply