बीमा कम्पनीको लगानी बढाउन प्राधिकरणको खुकुलो नीतिले कस्तो प्रभाव पार्ला ?

काठमाण्डौँ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्न प्रोत्साहन हुने गरी नयाँ नीति ल्याएको छ ।
प्राधिकरणले पूर्वाधार क्षेत्रमा लगानी गर्दा राख्नुपर्ने प्रोभिजनीङ वितरणयोग्य नाफाबाट लगानी रकम घटाउने सर्तलाई खुकुलो बनाएर कम्पनीहरुलाई प्रोत्साहन गरेको हो ।

बीमा कम्पनीले लगानी गरेको जलविद्युत्, पर्यटन, वायुसेवा, कृषि, स्वास्थ्य, घरजग्गा, शिक्षा सम्बन्धी कम्पनी लगानी गरेको तीन वर्ष भित्र धितो पत्र बजार अहिलेको नेपाल स्टक एक्सचेन्ज अर्थात् नेप्सेमा सुचीकृत नभएमा शतप्रतिशत रकम वितरण योग्य नाफाबाट घटाउने अर्थात् प्रोभिजनीङ गर्नुपर्ने व्यवस्था थियो ।

उक्त कडा नीतिका कारण बीमा कम्पनीहरूले पूर्वाधार क्षेत्रमा लगानी बढाउन सकेका थिएनन् । तर, प्राधिकरणले हालै बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन, २०८० को प्रथम संशोधन गर्दै त्यस सम्बन्धी नीति खुकुलो बनाएको छ । त्यस्तो समय सीमालाई बढाएर न्यूनतम ५ वर्ष कायम गरिएको छ । क्षेत्रहरूअनुसार फरक–फरक बीमा तोकिएको छ ।

संम्बन्धित समचार

Leave a Reply