राष्ट्रियसभाको उम्मेदवार चयन गर्न नेकपा सचिवालय बैठक बस्दै, सभामुखको उम्मेदवार बारे पनि छलफल हुने

पौष १७, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बेलुका ४ बजे बस्दैछ । सचिवालय बैठकमा सभामुखको उम्मेदवार बारे पनि छलफल हुने छ साथै बैठकले राष्ट्रियसभाको निर्वाचनका लागि पार्टीका उम्मेदवार चयन गर्ने बताइएको छ । राष्ट्रियसभाका रिक्त पदका लागि माघ ९ गते निर्वाचन हुँदैछ । रिक्त हुने १९ मध्ये १८ पदका लागि निर्वाचन हुने छ ।

एकजना भने राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस २० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने दिन तोकिएको छ । तत्कालीन सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयासको आरोपपछि राजीनामा दिएका कारण सभामुख पद रिक्त छ ।

फोटो : फाईल

संम्बन्धित समचार

Leave a Reply