पार्टी केन्द्रीय कार्यालयमा आपसमै जुधे कांग्रेस कार्यकर्ता ! आफ्नै नेतामाथी ढुंगा प्रहार

माघ १३,काठमाडौँ । नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा नेविसंघका कार्यकर्ता आपसमै भिडेका छन् । सभापति शेरबहादुर देउवा निकटका नेविसंघका कार्यकर्ता र नेविसंघभित्र ३२ वर्षमुनीको नेतृत्व हुनुपर्ने पक्षमा रहेका कार्यकर्ताबीच झडप भएको हो ।

सोमबार दिउँसो पनि दुई पक्षबीच झडप भएकोमा अपरान्ह केन्द्रीय समिति बैठक सुरु हुँदै गर्दा फेरि झडप भएको हो । काँग्रेस कार्यालय परिसरमा दुई पक्षीय कार्यकर्ता आपसमा मुक्कामुक्की र ढुंगाहानाहानमा उत्रिएका छन् ।

झडपमा दर्जन बढी नेविसंघका कार्यकर्ता घाइते भएका छन् । यस्तै झडपका क्रममा बैठकमा सहभागी हुन पुगेका नेताहरुको गाडी समेत तोडफोड भएको छ।

संम्बन्धित समचार

Leave a Reply