प्रधानमन्त्रीद्धारा वोलाहट मन्त्रिपरिषद्का सदस्य र उच्चस्तरीय समिति सदस्यहरूसँगको बैठक बालुवाटारमा जारी

वैशाख ५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्का सदस्य र उच्चस्तरीय समिति सदस्यहरूसँग बैठक गरेका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ । कोभिड–१९ रोकथामका लागि थप रणनीति तय गर्न बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

आजै दिउँसो कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो । बैठकले गरेको निर्णय भने सार्वजनिक गरिएको छैन । समितिको सिंहदरबारमा बसेको बैठकलगत्तै समिति सदस्यहरू बालुवाटार पुगेका थिए । बालुवाटारको बैठकमा लकडाउनका कारण अलपत्र परेका र कष्ट पाएका मजदुरहरूको कसरी व्यवस्थापन गर्ने भन्ने विषमा छलफल चलिरहेको छ । लकडाउनपछि देशका धेरै स्थानमा मजदुरहरू एकरडेढ हप्तासम्म पैदल हिँडेर घर पुगिरहेका छन् । केहीदिन अघि उच्चस्तरीय समितिले काठमाडौंमा अलपत्र परेकालाई घर जान दिने निर्णय गरेको थियो । तर, प्रदेश र स्थानीय सरकारले नमान्ने बताएपछि दुई घण्टामै निर्णय फिर्ता लिइएको थियो ।

संम्बन्धित समचार

Leave a Reply