एसईई र कक्षा १२ को परीक्षा जेठ अन्तिममा गर्न सिफारिस

वैशाख १९, काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ । परीक्षा बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाउँदै एसईई जेठ अन्तिम साता गर्न सिफारिस गरेको हो ।

बोर्डले असार १५ सम्म परीक्षा सक्ने र परीक्षा सकिएको ६९ दिन भित्र नतिजा प्रकाशित गर्नुको सट्टा ४५ दिनभित्र प्रकाशित गर्न सकिने जनाएको छ । बोर्डले एसईई र कक्षा १२ को परीक्षा एउटै समय दुई सिफ्टमा गर्न सिफारिस गरेको छ । एसईई परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुनेछन् । परीक्षार्थीहरु घरको खाना खाएर परीक्षा केन्द्र पुग्न सक्ने गरी उपकेन्द्र थप गर्न पनि कार्यदलले सिफारिस गरेको छ । कार्यदलले कक्षा ११ को परीक्षा भने केही समयपछि मात्र सञ्चालन गर्दा हुने बताएको छ । कक्षा १ देखि ९ सम्मको बार्षिक परीक्षाको नतिजा भने बैशाख २५ गतेभित्र प्रकाशित हुने भएको छ ।

संम्बन्धित समचार

Leave a Reply