उदयपुरका थप ८ जना एकैदिन कोरोनामुक्त, निको हुनेको संख्या ३० पुगे !

वैशाख २६, उदयपुर । उदयपुरको भुल्केका ८ जना कोरोना संक्रमित निको भएका छन् । विराटनगरको कोसी अस्पतालमा उपचाररत उनीहरू निको भएपछि आज बिहान डिस्चार्ज गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले जानकारी दिइन् ।

निको भएका ८ जनामध्ये एक जना भारतीय पनि छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या ३० पुगेको छ । जसमा तीन जना व्यक्तिमा पुनः संक्रमण देखिएको छ । यसअघि पनि कोसी अस्तपालमै उपचाररत ६ जना संक्रमित निको भएका थिए । संक्रमित व्यक्ति निको हुनलाई २४ घण्टाभित्र दुइटा नतिजा नेगेटिभ आउनुपर्छ । उदयपुरमा मात्र २८ जना संक्रमित देखिएका थिए । जसमा १५ जना निको भएका छन् । थप १३ जना अस्पतालमै छन् । उनीहरूसँगै झापाका दुई जना र भोजपुरका एक जना संक्रमित पनि कोसी अस्पतालमै छन् ।

संम्बन्धित समचार

Leave a Reply