भारतमा कोरोना भाइरस, एकैदिन १३६ जनाभन्दा बढीको मृत्यु

जेठ १, काठमाण्डौ । भारतमा कोरोना भाइरसका कारण हालसम्म २ हजार ५५१ जनाको मृत्यु भएको छ । बुधबारमात्रै भारतमा कोरोनाका कारण १३६ जनाभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै बुधबारमात्रै झण्डै ३ हजार ७०० भन्दा बढी संक्रमित फेला परेका छन् । कोरोना भाइरसका कारण थप भयावहस्थिति सिर्जना भएको छ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ७८ हजार नाघेको छ । संक्रमितमध्ये २६ हजारभन्दा बढी निको भएर घर फर्किका छन् । गम्भीर कति छन् त्यसबारे भने रिपोर्ट दिइएको छैन ।

त्यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको नाममा सम्बोधन गर्दै २० लाख करोडको विशेष आर्थिक प्याकेज घोषणा गरेका छन् । पछिल्लो अवस्थामा लकडाउनबाट मोदी सरकार आफै निरास हुँदै गएको छ । एकातिर आर्थिक रुपमा ठूलो घाटा भएको छ अर्कोतिर संक्रमण पनि खासै नियन्त्रित भएन । अब सरकार लकडाउन विस्तारै लकडाउन खुकुलो गर्ने तयारीमा छ । सरकारले केही दिनभित्रै हवाई र रेल सेवा समेत शुरुवात गर्ने तयारी गर्न थालेको छ । भारतमा कोराना संक्रमणको पछिल्लो तथ्यांक निक्कै भयावह छ ।

संम्बन्धित समचार

Leave a Reply