बेलायतमा कोरोना भाइरसले ४० हजारभन्दा बढीको मृत्यु

जेठ ७, काठमाडौं । साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ४० हजारभन्दा बढीको मृत्यु भएको छ । बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार बेलायतका खासगरी इङ्ल्याण्ड र वेल्समा मात्रै करिब १० हजार जनाको स्याहार केन्द्रहरूमा मृत्यु भएको छ ।

बेलायतमा यही मे ८ गतेसम्ममा ४० हजार ९०२ व्यक्तिको मृत्यु भएको र यो सङ्ख्यामा पछिल्ला आठ दिनको मृतक सङ्ख्या गणना गर्दा थप केही हजार व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन र वर्ल्डोमिटर्सले भने बेलायतमा मृत्यु हुनेको संख्या ३५ हजार हाराहारी रहेको जनाएका छन् । तर स्याहार केन्द्रमा भएको मृत्युलाई गणना गर्दा यो संख्या त्योभन्दा निकै माथि रहेको बताइएको छ । वर्ल्डोमिटर्सका अनुसार बेलायतमा अहिलेसम्म २ लाख ४८ हजार ८१८ जनामा संक्रमण पुष्टि भएको छ ।

संम्बन्धित समचार

Leave a Reply