मनमोहन मेडिकल कलेजको भवनलाई बनाइयो क्वारेन्टाइन स्थल,१ हजार जना राखेर सेवा दिन सकिने

जेठ ८,काठमाडौँ । चन्द्रागिरी नगरपालिकाले मनमोहन शिक्षण अस्पतालको आधारभुत विज्ञान भवन दहचोकलाई क्वारेन्टाइन स्थल बनाएको छ । कोरोना महामारीको रोकथाम र नियन्त्रणको लागि स्थानीय सरकारको अनुरोधमा सो भवनलाई क्वारेन्टाइन बनाउन दिइएको नेकपाका नेता समेत रहेका मनमोहन अस्पतालका अध्यक्ष राजेन्द्र पाण्डेले अनलाईनकेन्द्रलाई जानकारी दिए । चन्द्रागिरी नगरपालिकामा आरडिटी परिक्षणमा कोरोना पोजेटिभ देखिएका १८ जनालाई बुधबार सो भवनमा राखिएको छ । जसमा आठ जना महिला दश जना पुरुष रहेका छन । बुधबारबाट सो भवनमा कोरोना परिक्षण सुरु भएको छ । आजबाट पिसिआर विधिबाटसमेत कोरोना परिक्षण गरिन लागेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

मनमोहन शिक्षण अस्पतालको आधारभुत विज्ञान भवन दहचोकलाई स्वास्थ्य मन्त्रालयले पनि क्वारेन्टाईनको लागि उपलब्ध गराउन आग्रह गरेको नेता पाण्डेले जानकारी दिए । उनले भने–अहिले चन्द्रागिरी नगरपालिकाले क्यारेन्टाईन बनाउन सहयोग माग्यो, हामिले केही कोठाहरु उपलब्ध गराएका छौँ, संगसंगै हामीसंग स्वास्थ्य मन्त्रालयले पनि हामिसंग माग गरेको छ, हामीले उहाँहरुलाई पनि सो भवनमा रहेको फर्निचरहरु एक ठाँउमा राखेर क्वारेन्टाइनको लागि उपलब्ध गराउछौँ । मन्त्रालयले सो भवनमा १ हजार जना अट्ने क्वारेन्टाईन बनाउन सकिने समेत बताएको नेता पाण्डेले जानकारी दिए । निजी मेडिकल कलेजहरु कोरोना महामारीको बेला सामान्य चेकजाँच समेत गर्न आनकानी गरिरहेको बेला सहकारीको माध्यमबाट चलेको मनमोहन शिक्षण अस्पतालले सुरु देखि नै नागरिकलाई सबै किसिमको स्वास्थ्य सेवा दिइरहेको छ ।

नेता पाण्डेले भने–मुख्य कुरा त के भने कोरोना भाइरस नेपालमा देखिएको सुरुवाती अवस्थादेखि नै मनमोहन शिक्षण अस्पतालमा कुनै किसिमको सेवा रोकेका छैनौँ । जति बिरामी आएका थिए , उािहरुलाई कुनैपनि सेवा दिन आनकानी गरेका छैनौँ । धेरै अस्पतालहरु ओपिडी सेवा समेत बन्द गरेर बसे । अहिलेको स्थितीमा कोरोनाले मात्रै हैन ,अन्य रोगले समेत उपचार नपाएर मान्छे मर्ने अवस्था सिर्जना भयो, त्यसैले हामीले सबै सेवा निरन्तर प्रदान गरिरहका छौँ । पाण्डेले थपे–हामीले सुरुदेखि नै भनेका थियौँ,हामीले यो स्वयम्भुको अस्पताललाई सहकारीद्धारा सञ्चालित कोरोना सेन्टर बनाउने भनेर चैत्र २० गते राष्ट्रिय सहकारी दिवसको दिन सहकारी मन्त्री पद्यमा अर्याल पनि आएर केही उपकरण पनि हस्तान्तरण गर्नुभयो, सहकारीको तर्फबाट , त्यसपछि हामी कोरोना संक्रमितको उपचारको लागि तयार पार्नुपर्ने केही संरचनाका रुपमा आइसोलेशन वार्डहरु तयार गरेर बस्यौँ, यद्यपी अहिलेसम्म त्यस्तो खालको स्थिती आइनसकेको नेता पाण्डेले बताए । उनले भने–सरकारले त अहिलेसम्म कुनै सहयोग गरेको छैन्, तर हाम्रो तर्फबाट गर्न सक्ने योगदान हामी गर्छौ । यही सिलसिलामा चन्द्रागिरी नगरपालिकालाई केही कोठाहरु क्वारेन्टाईनको लागि उपलब्ध गराएका छौँ ।

संम्बन्धित समचार

Leave a Reply