स्वदेशी नागरिकको उद्धारका लागि तय भएका ६ चार्टर्ड उडान रद्द

असार २,काठमाडौँ । सरकारले खाडी, मलेसिया लगायत विभिन्न देशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि तय भएको उडान तालिका धमाधम रद्द हुन थालेका छन् । प्राविधिक कारण देखाउँदै सम्बन्धित देशमा रहेका नेपाली दूतावासले स्वदेश फिर्तीका लागि तय भएका उडानहरु रद्द गरेका हुन् ।

सरकारले तय गरेको कार्यतालिका अनुसार आज साउदी, कतार, यूएई, माल्दिभ्सबाट नेपाली फर्कन पर्ने हो, तर यी देशबाट हुने उडानहरु त्यहाँ रहेका नेपाली दूतावासले रद्द गरिसकेका छन् । खाडीका देश र माल्दिभ्सबाट फर्कने ६ वडा उडान अहिलेसम्म रद्द भएका छन् ।

रद्ध हुनेमा साउदीको दमामबाट असार १ गते हुने भनिएको हिमालय एअरलान्सकोको रहेको छ । दूतावासले प्राविधिक कारणले यो उडान रद्द भएको जनाएको छ ।
यस्तै असार १ गते नै माल्दिभ्सबाट त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि हुने निश्चित भएको उडान पनि रद्द भएको छ ।

यूएईबाट आज मंगलबार र पर्सि बिहीबारलाई तय भएको उडान पनि रद्द भएको छ । नेपाल एअरलाइन्सले त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि तय भएको चार्टर्ड उडान प्राविधिक कारणले रद्द भएको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ ।

कतारको दोहाबाट आज मंगलबार हिमालय एअरलाइन्स र भोलि बुधबार हिमालय एअरलाइन्समार्फत हुने चार्टर्ड उडान रद्द भएको छ । कतारमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि तय भएको उडान प्राविधिक कारणले रद्द भएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

अर्को उडान कहिले हुन्छ भन्ने टुंगो लागेको छैन । कतारबाट स्वदेश फर्कने नेपालीको संख्या ६ हजार ७७ छ । यो दूतावासको प्राथमिकतामा परेका नेपालीको सूची हो ।

यस्तै बहराइनबाट त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीको लागि तय भएको असार ३ गतेको उडान पनि असार असार ७ गते मात्रै हुने त्यहाँ रहको नेपाली दूतावासले जनाएको छ ।

साउदीको दमामबाट १८ जुन बिहीबार उडान हुने भनिएको छ । यो बाहेक अन्य उडान कहिले हुन्छ भनेर भनिएको छैन ।

संम्बन्धित समचार

Leave a Reply