आज थपिएका ५ सय ३५ जना संक्रमित कुन-कुन जिल्लाका हुन् ? (जिल्लासहित हेर्नुहोस्)

असार ८, काठमाडौँ । नेपालमा सोमबार थप ५३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीमध्ये ७४ जना महिला र ४६१ जना पुरुष छन् । स्वास्थ्य मन्त्रालयका अनुसार दाङमा १३, मोरङमा १२, सप्तरीमा १५, झापामा ३, धनुषामा १०, महोत्तरीमा १, अछाममा २, अर्घाखाँचीमा ९, बैतडीमा १४, डढेल्धुरामा १५, डोटीमा ७, गुल्मीमा १५, जाजरकोटमा १ जना संक्रमित थपिएका छन् । यस्तै कैलालीमा ५८, नवलपरासीमा २९, सर्लाहीमा ४७, सिन्धुपाल्चोकमा २, सिराहामा २३, स्याङजामा ३२, पाल्पामा ९०, प्युठानमा ३०, रौतहटमा ३४, रुपन्देहीमा १२, चितवनमा ५, ओखलढुङगामा १, गुल्मीमा ४१, स्याङजामा १ र तनहुँमा ११ जना संक्रमित थपिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ। तीमध्य ८ हजार ६६७ जना पुरुष र ८९४ जना महिला छन् । यस्तै कोरोना भाइरसको संक्रमण निको भएर थप ३७० जना संक्रमित डिस्चार्ज भएका छन्। तीमध्य ३२ जना महिला र ३३८ जना पुरुष छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार १४२ पुगेको छ । तीमध्ये १ हजार ९६१ जना पुरुष र १६१ जना महिला छन् ।

संम्बन्धित समचार

Leave a Reply