२ सय ४ जना कोरोना संक्रमणमुक्त, आज एकै दिन १ सय जनामा कोरोना संक्रमण !

साउन ७, काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा थप १०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १०० जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १० हजार ९४ जना पुगेको छ ।

आज थप २०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १२ हजार ६८४ जना उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ७८४ पिसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

संम्बन्धित समचार

Leave a Reply