सोमबार स्थिर रहेको सुनको मूल्यमा मंगलबार गिरावट

भाद्र २३, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा फेरी गिरावट आएको छ । आइतबार मूल्यमा गिरावट आएर सोमबार स्थिर रहेको सुनको मूल्यमा मंगलबार ३ सय रुपैयाँले गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ३ सय रुपैयाँ प्रतितोलाका दरले मूल्यम गिरावट आएर छापावालको सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ रहेको छ । यसअघि आइतबार छापावाल सुनको मूल्य ९६ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९५ हजार ६ सय रुपैयाँ प्रतितोला रहेको थियो । मंगलबार चाँदीको मूल्य स्थिर रहेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय १० रुपैयाँ रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply