नेकपा सचिवालय बैठक आज : प्रचण्डले लगाएका गम्भीर आरोपको जवाफ ओलीले प्रतिवेदनबाटै दिने !

मंसिर १३, काठमाण्डौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । गत कार्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय सदस्यहरु झलनाथ खनाल, माधव कुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँगको छलफल र सहमतिमा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेपछि नेकपा विवाद चुलिएको छ । मंसिर ३ गते बसेको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दाहालको राजनीतिक प्रतिवेदनलाई लिएर प्रश्न उठाएका थिए ।

उनले उक्त प्रतिवेदनलाई आरोपपत्रको संज्ञा दिएका थिए । तर, दाहालले लगाएको आरोपको आफूले खण्डन र जवाफ दिने भन्दै ओलीले मंसिर ३ गतेको बैठकमा दश दिनको समय माग गरेका थिए । दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
पछिल्लो समय मन्त्रिपरिषद्मा हेरफेर, राजदूतहरुको नियुक्ति, पार्टीको कर्णाली प्रदेशमा देखिएको विवाद, तराईका केही जिल्लामा कार्यकर्ताबीच भएका झडप, ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटवार्ता लगायतका विषयमा नेकपामा तीव्र विवाद छ ।

 

 

 

संम्बन्धित समचार

Leave a Reply