मंगलबार नेप्से परिसूचक २ हजार दशमलव ४० विन्दुमा पुगेर बन्द !

मंसिर १६, काठमाडौं । मंगलबार नेप्से परिसूचक २ हजार दशमलव ४० विन्दुमा पुगेको छ । यो दिन बजार १ हजार ९६५ दशमलव ६८ विन्दुसम्म झरेको थियो । सोमबार १ हजार ९९७ दशमलव शून्य ५ विन्दुमा बन्द भएको बजार मंगलबार २ हजार ९ दशमलव ४६ विन्दुदेखि खुला भएको थियो । मंगलबार बजार २ हजार २२ दशमलव २६ विन्दुसम्म पुगेर तल झरेको हो । यो दिन सोमबारको तुलनामा भने बजार ३ दशमलव ३५ अंक माथि उक्लिएको छ । नेप्से परिसूचक सामान्य अंकले बढेपनि मंगलबार ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने १ दशमलव ७७ अंकले घटेर ३८३ दशमलव ७९ विन्दुमा झरेको छ ।

मंगलबार अघिल्लो कारोबार दिनको भन्दा परिसूचकमा वृद्धि भएपनि कारोबार रकम भने कम भएको छ । यो दिन रू। ७ अर्ब ४० करोड ४१ लाख ५४ हजार बराबरको शेयर कारोबार भएको हो । मंगलबार १९७ कम्पनीको ६७ हजार ३५५ पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड ८५ लाख ७६ हजार ७०८ कित्ता शेयर कारोबार भएको हो । सोमबार रू। ८ अर्ब ८६ करोड ७७ लाख १४ हजार बराबरको शेयर कारोबार भएको थियो ।

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक रकमको कारोबारसँगै सर्वाधिक मूल्य वृद्धि भएको छ । कम्पनीको रू। ६५ करोड ७९ लाख ८८ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार गरेको यस कम्पनीको शेयरमूल्य पनि सर्वाधिक ९ दशमलव ९७ प्रतिशतले बढेको छ । प्रतिकित्ता रू। १४५ ले बढेको कम्पनीको अन्तिम शेयरमूल्य रू। १ हजार ५९९ पुगेको छ । नेपाल पुनर्बीमा कम्पनीसँगै यो दिन रसुवागढी हाइड्रोपावर, अपर तामाकोशी, नेपाल दूरसञ्चार कम्पनी र साञ्जेन जलविद्युत कम्पनीको शेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । रसुवागढी हाइड्रोको ९ दशमलव ९६ प्रतिशतले बढेर अन्तिम मूल्य रू। २७६, अपर तामाकोशीको ९ दशमलव ८५ प्रतिशत बढेर अन्तिम मूल्य रू। ३५७, नेपाल दूरसञ्चार कम्पनीको ९ दशमलव ७१ प्रतिशत बढेर अन्तिम मूल्य रू। १ हजार १७५ र साञ्जेन जलविद्युतको ९ दशमलव ६५ प्रतिशत बढेर अन्तिम मूल्य रू २५० पुगेको हो ।

 

 

संम्बन्धित समचार

Leave a Reply