धादिङको बुद्धि विकासका ५२ बालबालिकालाई ट्रयाकसुट,स्टेशनरि तथा खेलकुदका सामाग्री वितरण

माघ १७, धादिङ । धादिङको बुद्धि विकास आविमा अध्ययनरत बालबालिकाहरुलाई ट्रयाकसुट, स्टेशनरि तथा खेलकुदका सामाग्री वितरण गरिएको छ । शुक्रबार धादिङपोष्टको आयोजनामा बेनीघाट रोराङ गाउँपालिका–७ चरौंदीमा रहेको बुद्धि विकास आविमा अध्ययनरत ५२ जना टुहुरा बालबालिकाहरुलाई ट्रयाकसुट, स्टेशनरि र खेलकुदका सामाग्री वितरण तथा स्वास्थ्य शिविर सम्पन्न भएको हो । देश तथा बिदेशमा रहेका १७ जना समाजसेवीहरुले रकम संकलन गरी कुल ८६ हजार रुपैयाँ बराबरको ट्रयाक सुट, स्टेशनरी र खेलकुद सामाग्री वितरण गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्त बहादुर डल्लाकोटिले गुणस्तरीय शिक्षाको बिकासको लागि गाउँपालिकाले विशेष सहयोग गर्ने बताए । बिधालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं ७ का वडाध्यक्ष हिरालाल थपलियाको बिशेष आतिथ्य रहेको कार्यक्रममा बिधालयका प्रअ कृष्णराज सिलवाल, समाजसेवि दिपेश कँडेल लगाएतको आतिथ्य रहेको थियो ।

यसैगरी बिर अस्पतालमा कार्यरत न्युरोसर्जन डा निलम कुमार खड्का र जनरल फिजिसियन तथा धादिङ स्वास्थ्य समाजका महासचिव डा राम थापा क्षेत्रीले बिधार्थीहरुको स्वास्थ परिक्षण गरी आवश्यक औषधी र स्वास्थ्य सामग्री बितरण गरिएको थियो ।

 

 

संम्बन्धित समचार

Leave a Reply