आजको मौसम : सामान्यतया सफा रहने

माघ १९, काठमाण्डौ । अहिले नेपालमा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव रहेको छ । आज सोमबार बिहानैदेखि प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply