चीनले इजिप्ट र अरब लिगलाई कोरोनाको खोप प्रदान गर्ने

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ माघ २६, सोमबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ २६ काठमाडौ । चीनले अरब लिग र इजिप्टलाई पनि कोभिड १९को खोप उपलब्ध गराउने भएको छ । इजिप्टको राजधानी कायरोमा रहेको चिनियाँ दूतावासले सोमबार सो कुराको जानकारी गराएको समाचारमा जनाइएको छ ।

चीनले हालै मात्र सो कुराको घोषणा गरेको थियो । यससम्बन्धी थप कार्य इजिप्टको सरकारले अघि बढाउने निर्णयका आधारमा हुने पनि सो दूतावासले जनाएको छ ।

चीनले विश्वका १० ओटा विकसित देशहरुलाई यो कोभिडको खोप उपलब्ध गराएको छ । त्यसैगरी विश्वका करिब ३८ ओटा देशलाई कोभिड १९को खोप खरिदका साथै अरु प्रकारहको सहायता पनि उपलब्ध गराएको बताइएको छ । –सिन्ह्वा

ताजा अपडेट

खोजी गर्नुहोस