पाल्पा अस्पतालका ९ कर्मचारीमा कोरोना, आकस्मिकबाहेकका सेवा बन्द

पुस २१, पाल्पा । जिल्ला अस्पताल पाल्पा ९पाल्पा अस्पताल०मा आकस्मिकबाहेकको सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो । निमित्त मेडिलकल सुपरिटेन्डेण्टसहित १० कर्मचारीको पिसीआर परीक्षण गर्दा नौ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पताल विकास समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिए । अस्पतालले सूचना जारी गर्दै सुत्केरी सेवा, ल्याब, सुरक्षित गर्भपतन र सिफारिसबाहेकका सेवा पूर्णरूपमा बन्द गरिएको जनाएको छ । मेसुसहित ६ मेडिकल अधिकृत, एक डेन्टल सर्जन, एक पारामेडिक्स र एक ल्याब टेक्निसियनमा कोरोना पुष्टि भएको हो । उनीहरु सबै आइसोलेशन बस्नुपरेकाले…

पुरा पढ्नुहाेस्

सात जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य

माघ २८ सुर्खेत । कर्णाली प्रदेशका सात जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या शून्यमा झरेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीका दैलेख, जाजरकोट, सल्यान, रुकुम–पश्चिम, कालीकोट, हुम्ला र मुगु जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको हो । दैलेखमा एक हजार ६८४, जाजरकोटमा १५९, सल्यानमा ६९३, रुकुम पश्चिम २५७, कालीकोटमा ३३१, हुम्लामा ६१ र मुगु ४१ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । ती जिल्लाका सबै सङ्क्रमित निको भएसँगै सङ्क्रण शून्य देखिएको हो । कर्णाली तीन जिल्लामा मात्र कोरोना सङ्क्रमणका सक्रिय बिरामी छन् । सुर्खेतमा २७, जुम्लामा तीन र…

पुरा पढ्नुहाेस्

चीनले इजिप्ट र अरब लिगलाई कोरोनाको खोप प्रदान गर्ने

माघ २६ काठमाडौ । चीनले अरब लिग र इजिप्टलाई पनि कोभिड १९को खोप उपलब्ध गराउने भएको छ । इजिप्टको राजधानी कायरोमा रहेको चिनियाँ दूतावासले सोमबार सो कुराको जानकारी गराएको समाचारमा जनाइएको छ । चीनले हालै मात्र सो कुराको घोषणा गरेको थियो । यससम्बन्धी थप कार्य इजिप्टको सरकारले अघि बढाउने निर्णयका आधारमा हुने पनि सो दूतावासले जनाएको छ । चीनले विश्वका १० ओटा विकसित देशहरुलाई यो कोभिडको खोप उपलब्ध गराएको छ । त्यसैगरी विश्वका करिब ३८ ओटा देशलाई कोभिड १९को खोप खरिदका साथै अरु प्रकारहको सहायता पनि उपलब्ध गराएको बताइएको छ…

पुरा पढ्नुहाेस्

एकैदिन थपिए कोरोना १०५ सङ्क्रमित

माघ २३ काठमाडौं । नेपालमा कोरोनाभाइरसका १०५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा कोरोनाका २७२ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ७०७ पुगेको जनाएको छ । जसमध्ये दुई लाख ६७ हजार ५६४ जना सङ्क्रमित निको भएका छन् । हाल दुई हजार १०८ जना सङ्क्रमित आइसोलेशनमा छन् । हालसम्म २० लाख ८८ हजार ३७२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । पछिल्लो चौबीस घण्टामा दुई जना सङ्क्रमितको मृत्यु…

पुरा पढ्नुहाेस्