निफ्रा र नेपाल नगरपालिका संघबीच सम्झौता

चैत्र १२, काठमाडौ । नेपाल नगरपालिका संघको २८ औ स्थापना दिवसको अवसरमा नेपाल पूर्वाधार विकास बैंक निफ्रा र नगरपालिका संघबीच सम्झौता भएको छ । सम्झौतामा नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका हुन् ।

बैंकले सम्झौतासँगै नगरपालिकाको सामाजिक आवश्यकताहरू पूरा गर्न, भौतिक पूर्वाधारको निर्माण तथा सञ्चालनका लागि बैंकले अगुवाइ गर्ने जनाएको छ । त्यसैगरी, नगरपालिका अन्तर्गतका सामाजिक तथा भौतिक पूर्वाधारका परियोजनाहरु पहिचान गर्नु र सम्भावित परियोजनाहरुमा वित्तीय तथाप्राविधिक विश्लेषण, परियोजनाको बजारीकरण र विकासकर्ता छनौटका लागि आवश्यक सहयोग गर्न पनि बैंकले बताइएको छ ।

बैंकको अगुवाइमा स्वपुँजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट विभिन्न नगरपालिकामा पूर्वाधारका परियोजनाहरुको विकास तथा कार्यान्वयन गर्ने पनि सम्झौतापत्रमा उल्लेख गरेको छ ।

संम्बन्धित समचार

Leave a Reply