तपाई कती भाग्यमानी ? ५ लाख ९४ हजार लगानीकर्ताले १० कित्ताको दरले पाउने भए आइपीओ !

चैत्र १३, काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड हुँदैछ । लगानीकर्ताले आइपीओ बाँडफाँडको प्रतिक्षा गरिरहेका बेला कम्पनीले आगामी शुक्रवारसम्म बाँडफाँड गर्न सक्ने संभावना देखिएको छ । कम्पनीले शुक्रवारसम्म आईपीओ बाँडफाँड गर्ने गरि तयारी गरिरहेको छ । कम्पनीले सर्वसाधारणका लागि कुल ५९ लाख ४० हजार कित्ता सेयर निष्काशन गरेको थियो ।

कम्पनीको आईपीओमा १८ लाख ४ हजार ६४८ जना लगानीकर्ताले आवेदन दिएका थिए । यो आवेदन हालसम्मकै उच्च हो ।यसमा गोला प्रथा मार्फत ५ लाख ९४ हजार लगानीकर्ताले १० कित्ताको दरले आइपीओ पाउने कम्पनीले जनाएको छ । ज्योतिका कुल आवेदकमध्ये ३२.९२५ आवेदकले मात्रै सेयर पाउनेछन् । बाँकी ६७ .०८५ आवेदकको हात खाली हुनेछ ।

 

संम्बन्धित समचार

Leave a Reply