नेपाल हाइड्रो डेभलपर्सको एजीएम आज

नेपाल हाइड्रो डेभलपर्स कम्पनीको तिन वर्षको साधारण सभा आज (चैत १७ गते) बस्दैछ । कम्पनीले आर्थिक वर्ष २०७४÷७५, २०७५÷७६ र २०७६÷७७  को सभा एकैपटक गर्न लागेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार काठमाडौंमा दिउसो ३ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट वितरण गर्ने घोषणा गरेको ४% बोनस सेयर समेत गरी १५% बोनस प्रस्ताव गरेको जनाएको छ ।
यस्तै, कर प्रयोजनको लागि ०.७८% नगद लाभांश दिने प्रस्ताव पनि पेश गर्दैछ । सभामा, आर्थिक वर्ष २०७४÷७५, २०७५÷७६ र २०७६÷७७  को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा छलफल गर्ने प्रस्ताव पनि छ । सभा प्रयोजनको लागि कम्पनीले चैत ३ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, चैत २ गतेसम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् ।

संम्बन्धित समचार

Leave a Reply