भारतमा थप ३ लाख ४३ हजार जनामा संक्रमण

बैशाख ३१, काठमाण्डौ । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ४३ हजार १४४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । यस्तै, ३ लाख ४४ हजार ७७६ जना संक्रमण मुक्त भएका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार एकैदिन थप ४ हजार जनामा कोरोना संक्रमण देखिएको छ । हाल भारतभर ३७ लाख ४ हजार ८९३ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । भारतमा हालसम्म २ करोड ४० लाख ४६ हजार ८०९ जनामा संक्रमण देखिँदा २ लाख ६२ हजार ३१७ जनाको मृत्य भइसकेको छ ।

 

संम्बन्धित समचार

Leave a Reply