‘कृषिको बिकास र उत्थानको लागी निरन्तर सक्रिय छु’: सभापति सुमार्गी

साउन १६, काठमाडौ । उद्योग बाणिज्य महासंघ कृषि समितिका सभापति अरुणराज सुमार्गीले आफू कृषिको बिकास र उत्थानको लागी निरन्तर सक्रिय रहेको बताएका छन् । अनलाइनकेन्द्रसंग कुराकानी गर्दै उनले अघिल्लो सरकारले ल्याएको बजेटले कृषिलाई प्राथमिकतामा नराखेको बताए ।

उनले भने-“६० प्रतिशत जनता कृषिमा छन, सरकारले कृषिमा छुट्याएको ६ प्रतिशत बजेटले समग्र कृषकको सम्बोधन गर्छ ? अनि कसरी कृषि क्षेत्रको बिकास हुन्छ ?” उनले कृषिमा उत्पादनको बजारीकरण गर्न आवश्यक रहेको बताउदै किसानले उत्पादन गरेको बस्तुको उनीहरुको लागत अनुसार नाफासहित मुल्य पाउनुपर्ने बताए ।

उनले सरकार र व्यवसायीको पुल उद्योग बाणिज्य महासंघ भएको भन्दै कृषिमा सामुहिक,पारिवारिक,व्यक्तिगत र सस्थागत गरि व्यबस्थित गर्न आवश्यक रहेको बताए । सुमार्गीले भर्खरै कृषिमा इन्स्योरेन्सको लडाइँ जितिएको दाबी गरे । उनले भने-“बिमा समितिसंग निरन्तर छलफल गरियो , अब कृषिमा गरेको लगानीको इन्स्योरेन्स सबै पाउने गरि सहमति भएको छ ।”

व्यवसायी सुमार्गीले किसानलाई धनी बनाउन सरकार र निजि क्षेत्र लाग्न जरुरी रहेको बताउदै त्यसको लागी नेपालमा पहिलो पटक कृषि मन्त्रालयले कृषि अध्ययन गर्न थिन्क ट्यान्क बनाएको बताए । जसमा सुमार्गी नि छन् ।

संम्बन्धित समचार

Leave a Reply