कर्णाली नदीमा वेपत्ता भएका ५ मध्ये एकको शव भेटियो

साउन २६, कैलाली । कर्णाली नदीमा छट्टाछुट्टै घटनामा बेपत्ता भएका सुदूरपश्चिमका ५ जना मध्ये एक जनाको शव फेला परेको छ। कैलालीका तीन र डोटीका दुई जना गरी कर्णालीमा ५ जना बेपत्ता भएका थिए ।

वेपता मध्ये मोहन्याल गाउँपालिका–३ की उर्मिला सलामी मगरको शव भने आइतबार फेला परेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यलय कैलालीका प्रवत्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार कर्णाली नदीको बीचमा उनको शव फेला परेको जानकारी दिए ।

आइतबार लम्कीचुहा नगरपालिका वडा न ३ स्थित कर्णाली नदिको बिच भागमा बेवारिसे अवस्थामा उनको शव फेला परेको थियो ।मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने जाने क्रममा कर्णाली नदीमा डुङ्गा दुर्घटना भएको थियो। सोही डुंगामा रहेका अन्य पाँच जना भने पौडिएर जोगिएका थिए ।

संम्बन्धित समचार

Leave a Reply