नेकपा एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । एमालेबाट विभाजन भएर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले बुधबार मान्यता पाएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।

आज दिउसो १२ बजे केन्द्रीय कमिटी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा एमाले केन्द्रीय कमिटी बैठक बस्नेछ ।

यसअघि ८ भदौमा एमाले स्थायी कमिटी बैठक बसेको थियो । स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्दै एमाले राष्ट्रिय सम्मेलनमा मंसीरमा गर्ने निर्णय गरेको थियो ।

स्थायी कमिटी बैठकले गरेका निर्णयलाई अनुमोदन गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको एक नेताले बताए । उनका अनुसार पार्टी विभाजनपछिको अवस्थाका विषयमा पनि केन्द्रीय कमिटी बैठकमा छलफल हुने भएको छ ।

संम्बन्धित समचार

Leave a Reply