नेपाल ल्युब आयल लिमिटेडले ३५ प्रतिशत लाभांश दिने

भाद्र २८,काठमाडौँ । गत बर्ष १० प्रतिशत लाभांश दिएको नेपाल ल्युब आयल लिमिटेडले यसपाली ३५ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीले ३० प्रतिशत बोनस सेयर दिने छ भने बाँकी ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

लाभांश पारितका लागि कम्पनीले असोज १८ गते बार्षिक साधारणसभा डाकेको छ। सभा ुभर्चुअलु माध्यमबाट हुने छ। साधारणसभाका लागि बुक क्लोजको असोज ५ देखि १८ गतेसम्म हुने छ। लाभांश दाबी गर्नेले असोज ४ गतेसम्म सेयर लिइसक्नु पर्छ। यद्यपी कम्पनीको सेयर एकदमै न्यून र कम कारोबार हुन्छ। त्यसैले किन्छु भन्दैमा पाइँदैन।

कम्पनीले गत आर्थिक बर्षको वित्तीय विवरण भने सार्वजनिक गरेको छैन। कम्पनीले ४० प्रतिशतसम्म लाभांश दिएको इतिहास छ। उपलब्ध वित्तीय विवरण अनुसार, अघिल्लो आर्थिक बर्ष कम्पनीले ९८ लाख रुपैयाँ नाफा गरेको थियो। यो कोभिडका कारण प्रभावित भएको नाफा थियो। नभए परार कम्पनीले ४ करोड २९ लाख रुपैयाँ नाफा गरेको थियो।

२ करोड ९७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २४ करोड रुपैयाँ छ। यो दुई बर्ष पुरानो तथ्यांक हो। कम्पनीले त्यसयताको विवरण सार्वजनिक गरेको छैन। कम्पनीमा ३२।७ प्रतिशत सर्वसाधारणको लगानी छ।

संम्बन्धित समचार

Leave a Reply