एक्सेल डेभलपमेण्टको हकप्रद शेयर आजदेखि बिक्रीमा

असोज २५, काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको ३० प्रतिशत हकप्रद शेयर आजदेखि विक्री खुल्ला भएको छ । कम्पनीले १० बरावर ३ को अनुपातमा एक सय रुपैयाँ अंकित दरको २४ लाख ३३ हजार ३६३ कित्ता हकप्रद शेयर बिक्री खुल्ला गरेको हो ।

उक्त हकप्रद शेयरमा कात्तिक १४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनको लागि असोज १ गते बुक क्लोज गरिसकेको छ । यसका आधारमा भदौ ३१ गतेसम्म कायम शेयधनीले उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले आईआर त्रिपल बि माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले वित्तीय दायित्व पुरा गर्न मध्यम जोखिममा रहेको देखाउँछ ।

हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । एक्सेल डेभलपमेण्ट बैंकका सम्पूर्ण शाखा कार्यलयहरु,आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिने छ ।

हाल कम्पनीको चुक्तापूँजी ८१ करोड ११ लाख रहेको छ । ३० प्रतिशत हकप्रद शेयर निष्काशन पछि कम्पनीको पूँजी १ अर्ब ५ करोड पुग्नेछ ।

संम्बन्धित समचार

Leave a Reply