असोज २५, काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल सरकारको लागी अल्पकालीन ऋण उठाउन थप १३ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ देखि ३६४ दिन अवधिको लागी कूल १३ अर्ब २५ करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो ।
राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार ९१ दिने अवधिको ८ अर्ब, १ सय ८२ दिन अवधिको लागी २ अर्ब २५ करोड र ३ सय ६४ दिने अवधिको लागी ३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो । असोज २५ गते हुने ट्रेजरी बिलको अनलाइन माध्यबाट बोलकबोल हुनेछ ।
राष्ट्र बैंकले बोलकबोलमा सर्वाधिक अंक कबोल गर्ने व्यक्ति वा बैंक वा संस्थालाई ट्रेजरी बिल जारी गर्नेछ । यसअघि सरकारको आन्तरिक अल्पकालीन ऋण उठाउनको लागी राष्ट्र बैंकले असोज १८ मा १९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।