चार कम्पनीको लाभांश र एक कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

पुस २०, काठमाडौँ । चार कम्पनीको लाभांश र एक कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था,पोखरा फाइनान्स र मल्टीपर्पस फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । आज पुस २० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कालिका कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस ३० गते होटल टास्क…

पुरा पढ्नुहाेस्

हकप्रद शेयर जारीको तयारीमा अपि पावर र नेपाल फाइनान्स

कार्तिक ०६, काठमाडौं । अपि पावर कम्पनी र नेपाल फाइनान्स कम्पनीले हकप्रद शेयर जारी गर्ने भएको छ । हकप्रद शेयर बिक्रीको अनुमति माग्दै यी दुई कम्पनी नेपाल धितोपत्र बोर्ड पुगेका छन् । बोर्डका अनुसार नेपाल फाइनान्सले ७० प्रतिशत (१ः०.७०) अनुपातमा ३४ लाख ५४ हजार ४७४.२८ कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति मागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपियाँ दरमा हकप्रद बिक्री गर्न लागेको हो । कम्पनीको हकप्रद बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्ने छ । हाल यस नेपाल फाईनान्सको चुक्ता पूँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपियाँ छ…

पुरा पढ्नुहाेस्

एक्सेल डेभलपमेण्टको हकप्रद शेयर आजदेखि बिक्रीमा

असोज २५, काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको ३० प्रतिशत हकप्रद शेयर आजदेखि विक्री खुल्ला भएको छ । कम्पनीले १० बरावर ३ को अनुपातमा एक सय रुपैयाँ अंकित दरको २४ लाख ३३ हजार ३६३ कित्ता हकप्रद शेयर बिक्री खुल्ला गरेको हो । उक्त हकप्रद शेयरमा कात्तिक १४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनको लागि असोज १ गते बुक क्लोज गरिसकेको छ । यसका आधारमा भदौ ३१ गतेसम्म कायम शेयधनीले उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले आईआर त्रिपल बि…

पुरा पढ्नुहाेस्