मौसममा सामान्य बदली, भोलीदेखि सुधार

कार्तिक १०, काठमाडौं । मौसममा आज पनि आंशिक तथा सामान्य बदली हुनेछ । आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पहाडी भु–भागमा आंशिक र तराईका क्षेत्रमा सामान्य बदली छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राती पनि देशको पहाडी तथा तराईका भु–भागमा आंशिक देखि सामान्य बदली रहने छ । कुनै स्थानमा हल्का वर्षा र हिमाली क्षेत्रमा वर्षाको सम्भावना कायमै छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले उक्त हिमाली क्षेत्रका वासिन्दाले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

भोलीबाट भने देशभर बदली हट्दै मौसम सफा हुँदै जाने महाशाखाको भनाई छ ।

संम्बन्धित समचार

Leave a Reply