सबैको भागमा पर्ने आईपीओ आउदै ! हिमालयन रि–इन्स्योरेन्सले गर्यो यस्तो निर्णय

कात्तिक २७,काठमाडौँ । हिमालयन रि–इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) ल्याउने भएको छ । बीमा समितिबाट जेठ १७ गते लाइसेन्स लिएको कम्पनीले आइपिओ ल्याउने भएको हो ।

कम्पनीको शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ ल्याउने प्रस्ताव पारित गरेको हो । यससँगै, लगानीकर्ताले अर्को ठूलो आईपीओमा लगानी गर्न पाउने भएका हुन् । यद्यपी, कम्पनीले कति रुपैयाँ बराबरको आईपीओ ल्याउने भन्ने विषयमा जानकारी दिएको छैन ।

हिमालयन रि-इन्स्योरेन्स कम्पनीले ७ अर्ब रुपैयाँ पूँजी जुटाउन आवश्यक छ । जसअनुसार कम्पनीले चुक्ता पूँजी १० अर्ब हुने जनाएको छ । १० अर्ब मध्ये संस्थापकहरुको तर्फबाट ७ अर्ब र बाँकी ३ अर्ब सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गर्नु पर्नेछ ।

संम्बन्धित समचार

Leave a Reply