विरोध प्रदर्शनमा बिद्यार्थी माथीको प्रहरी हस्तक्षेपप्रति आयोगको ध्यानाकर्षण

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ माघ ५, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ५,काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वाञ्चल विश्वविद्यालयद्वारा सञ्चालित बीए एलएलबी चौथो वर्षको परीक्षा अनलाइन माध्यमबाट हुनुपर्ने भन्दै काठमाडौँको बुद्ध नगरस्थित कान्तिपुर इन्टरनेशनल कलेजमा विद्यार्थीहरूबाट भएको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप भएकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

विद्यार्थीहरुको प्रदर्शनमा प्रहरी हस्तक्षेप हुँदा १ जना विद्यार्थी घाइते भएको र ११ जनालाई नियन्त्रणमा लिइएको भन्दै आयोगले सो घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

उक्त घटनाका सम्बन्धमा आयोगको टोलीले अनुगमन गरिरहेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस