कस्तो रहनेछ आजको मौसम ?

माघ १४, काठमाडौँ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराइका केही भू–भागमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।का अनुसार ।

आज दिउँसो प्रदेश १, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ भने देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ तथा वाग्मती प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सोही क्षेत्रको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply