थप ९२ जनामा कोरोना सङ्क्रमण पुष्टि, २ जनाको मृत्यु

फागुन १७,काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चार हजार ४५८ जनाको पीसीआर परीक्षण गर्दा ९२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा दुई हजार ४६ जनाको एन्टिजेन परीक्षण गर्दा ६६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार छ हजार ५०४ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर १५८ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ३५४ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा २ जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा एक लाख आठ हजार १४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै नेपालमा हाल सात हजार ९७१ जना सक्रिय सङ्क्रमित छन् ।

संम्बन्धित समचार

Leave a Reply