नारायकाजी श्रेष्ठ पार्टी छोड्ने मोडमा ! अध्यक्ष प्रचण्ड फकाउदै

फागुन १९,काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका असन्तुष्ट नेता नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन्।

बिहान आफ्नै निवास खुमलटार बोलाएर उनले आफ्नो असन्तुष्टि पार्टीको बैठकमा राख्न र पार्टी नछोड्न आग्रह गरेका हुन्। एमसीसी सम्झौता पास भइसकेपछि गएको सोमवार नेता श्रेष्ठले यस विरुद्ध सार्वजनिक रुपमा बोलेको भन्दै प्रचण्डले असन्तुष्टि जनाएका छन् ।

श्रेष्ठले पार्टी छाडेर जान सक्ने सङ्केत समेत गरेको स्रोतले बताएको छ । तर, त्यसपछि फेरि प्रचण्डले आफू बहकिएको भन्दै पार्टी नछोड्न श्रेष्ठलाई आग्रह गरेका थिए । उनले भोलिदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा आफ्नो असन्तुष्टि राख्न श्रेष्ठलाई आग्रह गर्दै आएका छन् ।

संम्बन्धित समचार

Leave a Reply