युभेन्ट्सले स्पेजियालाई हरायो, मिलान शीर्ष स्थानमा

फागुन २३, काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई १-० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन अल्भारो मोराटाले निर्णायक गोल गरे । मोराटाले खेलको २१ औं मिनेटमा गोल गरे ।

यस जितसँगै युभेन्ट्सले २८ खेलमा ५३ अंक जोडेको छ । युभेन्ट्स चौंथो स्थानमा रहेको छ । स्पेजिया २६ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

यस्तै, आइतबारै राति भएको अर्को खेलमा एसी मिलानले नापोलीलाई १-० गोल अन्तरले हरायो ।

मिलानको जितमा ओलिभर जिरुडले निर्णायक गोल गरे । जिरुडले खेलको ४९ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै मिलान पुनः शीर्ष स्थानमा उक्लिएको छ । मिलानले २८ खेलमा ६० अंक जोडेको छ । नापोली ५७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

संम्बन्धित समचार

Leave a Comment