औद्योगिक क्षेत्रको लोडसेडिङ समाधान नभए उद्योगहरु बन्द गर्ने चेतावनी

बैशाख १८, काठमाडौँ । विद्युत आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न नेपाल उद्योग वाणिज्य महासंघले आग्रह गरेको छ । औद्योगिक क्षेत्रमा चर्को लोडसेडिङले पछिल्ला दिनमा उद्योगहरू गम्भीर संकटमा पर्न थालेको भन्दै महासंघले मुलुकका प्रमुख औद्योगिक करिडोरका सयौं उद्योग १२ देखि १६ घण्टासम्मको चर्को लोडसेडिङले थला पर्ने अवस्थामा पुगेका जनाएको छ ।

यसले उद्योगहरूमा ठूलो आर्थिक नोक्सानी, उत्पादकत्वमा प्रतिकूल असर पर्नुका साथै मुलुुकको अर्थतन्त्रमै गम्भीर संकट आउनेतर्फ निजी क्षेत्र चिन्तित भएको छ । चर्को लोडसेडिङले उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएकोतर्फ ध्यानाकर्षण गराउँदै महासंघले अविलम्ब समस्या समाधानमा सहयोग गर्न आग्रहसहित सयौं उद्योगहरूबाट महासंघमा अनुरोध पत्र आएको जनाएको छ ।

यसैबीच, नेपाल विद्युत प्राधिकरणले तत्काल विद्युत आपूर्ति सूचारु नगर्ने हो भने सम्पूर्ण उद्योग बन्द गर्न बाध्य हुने पूर्वका उद्योगीहरुले जनाएका छन् । मंगलबारसम्म विद्युत आपूर्तिको समस्या सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रने पनि उनीहरुको भनाइ छ ।

लामो समय विद्युत कटौती, ट्रिप्लिङ, लो भोल्टेज लगायतका समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने, अपर्झट विद्युत आपूर्ति बन्द हु“दा करोडौं पर्ने मेसिनहरूमा क्षति पुुग्ने, उद्योग सञ्चालन नहु“दा कामदार कर्मचारीको तलब ज्याला, उत्पादन कटौती हुँदा सामान डेलिभरी, उत्पादनको क्रममा रहेको कच्चा पदार्थ खेर जाने, बैंकको चर्को ब्याज र सा“वा भुक्तानी लगायतमा गम्भीर समस्या पर्न गएकोतर्फ महासंघले सरकार र नेपाल विद्युत प्राधिकरणको गम्भीर ध्यानाकर्षण गराएको छ ।

यसले मुलुकको औद्योगिकरणको यात्रामै गम्भीर धक्का दिने भन्दै महासंघले एकातर्फ प्राधिकरणले नै विद्युत खपत बढाउन आग्रह गर्ने र अर्कोतर्फ विना सूचना घण्टौं विद्युत आपूर्ति अवरुद्ध पार्नुले थप चिन्ता भएको जनाएको छ ।

उत्पादन लागत निरन्तर बढिरहेको अहिलेको अवस्थामा पुनः चर्को लोडसेडिङको समस्याले मुलुकको निर्यातमा गम्भीर धक्का लाग्ने बताएको छ । विद्युतको नियमित आपूर्ति हुन नसक्ने हो भने आर्थिक वृद्धिको प्रक्षेपणमा धक्का लाग्ने तथा उद्योगहरूको प्रतिस्पर्धी क्षमता गुम्न गई समग्रमा निर्यात नै प्रभावित निजी क्षेत्रको भनाइ छ ।

त्यस्तै उद्योगहरूमा विद्यतु कटौती हुने तालिका सार्वजनिक गर्न र विजुली दिन्छु भनेको समयमा निर्वाध विद्युत आपूर्तिको सुनिश्चिता दिलाउन पनि उसले आग्रह गरेको छ । महासंघले निजी क्षेत्रका ऊर्जा उत्पादकहरूसँग थप ऊर्जा उत्पादन गर्नसक्ने क्षमता भएकाले प्राधिकरणले तत्काल छलफल गरी समाधानको उपाय निकाल्नुपर्ने, विद्युत खरिद सम्झौता ९पीपीए० तत्काल खोल्न र आयातित विद्युतको गुणस्तरमा ध्यान दिनुपर्नेतर्फ महासंघले ध्यानाकर्षण गराएको छ ।

संम्बन्धित समचार

Leave a Reply