अर्घाखाँची बस दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो, ११ जना घाइते

मसिर ११,अर्घाखाँची । अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । सन्धीखर्क नगरपालिका-६, नरपानीमा भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको ५ नं. प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको हो । प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहका अनुसार सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु२ख २१४८ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर तल खसेको छ । दुर्घटनामा अन्य ११ जना घाइते छन् । घाइते मध्ये दुई जनाको सन्धीखर्कमै उपचार भइरहेको छ भने अन्यलाई बुटवलतर्फ लगिएको छ । दुर्घटनामा नं. ५ बाहिनी रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महतको मृत्यु भएको…

पुरा पढ्नुहाेस्