रोमालाई हराउँदै इन्टर मिलान सेमिफाइनलमा

माघ २६, काठमाडौँ । इन्टर मिलान कोपा इटालिया फुटबलको सेमिफाइनलमा पुगेको छ छ । मंगलबार राति भएको क्वाटरफाइनलमा रोमालाई २-० गोल अन्तरले हराउँदै इन्टर अन्तिम चारमा पुगेको हो । इन्टरको जितमा इडेन जेको र एलेक्सिस सान्चेजले एक एक गोल गरे । खेलको दोस्रो मिनेटमा इडेनले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६८ औं मिनेटमा सान्चेजले गोल गर्दै इन्टरलाई २-० को जित दिलाए । अब इन्टरले सेमिफाइनलमा एसी मिलान र लाजियोबीचको विजेतासँग खेल्नेछ ।  

पुरा पढ्नुहाेस्