नेपालगञ्जमा दादुराको संक्रमण फैलियो, एक बालकको मृत्यु, २९ बढी बिरामी

पौष २१, काठमाण्डौँ । बाँकेको नेपालगञ्ज क्षेत्रमा दादुराको संक्रमण फैलिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका ६ वटा वडामा दादुराको प्रकोप फैलिएको हो । बिहीबार दिउँसोसम्म २९ जना बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । दादुराबाट संक्रमित एक बालकको बुधबार मृत्यु भएपछि प्रकोप नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरूले सक्रियता बढाएका छन् । दादुरा नियन्त्रणका लागि उपमहानगर, जिल्ला जनस्वास्थ्य र भेरी अस्पतालका टोली परिचालन गरिएको छ । दादुरा संक्रमित बालबालिकाको घरमै उपचार भइरहेको छ । उनीहरूलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गरिएको उपमहानगरपालिकाले जनाएको छ । नगरका वडा नम्बर ५,…

पुरा पढ्नुहाेस्

महादेववेशीमा मोटरसाइकल दुर्घटना, एक बालकको मृत्यु, दुई घाइते

२९,काठमाडौँ । धादिङको थाक्रे–६ महादेवबेशीमा नौबिसेदेखि मलेखुतर्फ जाँदै गरेको ना ४ ख ९४४ नम्बरको ट्रकले बा ७३ प २१७६ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा एकजना बालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा २ जना गम्भीर घाईते भएका छन् । घाईतेलाई उपचारका लागि काठमाडौ ल्याइएको इलाका प्रहरी कार्यालय खानिखोलाले जानकारी दिएको छ । मृतक बालकको परिचय खुल्न बाकी रहेको प्रहरीले जानकारी दिएको छ । घटनाका प्रत्यक्षदर्शीका अनुसार ठक्कर दिने ट्रकले ठक्कर दिएपछि पुनः ब्याक गरि पेलेर भागेको बताउछ्न । उक्त ट्रक भाग्दै गर्दा नजिकैको स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।…

पुरा पढ्नुहाेस्