चट्याङ लागेर दार्चुलामा एकको मृत्यु, दुई घाइते

वैशाख २६, दार्चुला । दार्चुलामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–३ दुवेडीका अन्दाजी १५ वर्षीय नरेश खत्रीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । सोमबार साँझ साढे ६ बजेतिर चट्याङ लागेर सोही ठाउँका अन्दाजी ३९ वर्षीया मीना खत्री र ३० वर्षीय कुमार खत्री घाइते भएका छन् । मीना र मृतक नरेश आमा छोरा हुन् । खेतमा काम गरिरहेका बेला उनीहरूलाई चट्याङ लागेको थियो। चिउरी रुखमा चट्याङ परेको र रुख नजिकै खेतमा काम उनीहरूलाई चट्याङ लागेको बताइएको छ…

पुरा पढ्नुहाेस्

आगलागीमा परी पाँचथरमा २ जनाको मृत्यु, दुई घाइते

पौष २०, पाँचथर । आगलागीमा परी पाँचथरको फिदिम नगरपालिका ८ का २ जनाको मृत्यु भएको छ । स्थानीय मेगबहादुर गुरुङको घरमा आगलागी हुँदा उनकी छोरी र बुहारीको मृत्यु भएको हो । ज्यान गुमाउनेमा गुरुङकी बुहारी २३ वर्षीया आसानसिंह थेबे र २२ वर्षीय छोरी ममता गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पुरा पढ्नुहाेस्

दक्षिणकालीमा पानी ट्याङ्कर दुर्घटना हुदाँ एक जनाको मृत्यु,दुई घाइते

पौष १०, काठमाण्डौ । काठमाण्डौको दक्षिणकाली नगरपालिका २ इँटाभट्टामा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । हिजो बेलुका साढे ६ बजे बा ३ ख ६६५६ नम्बरको पानी ट्याङ्कर तीव्र गतिका कारण दुर्घटना हुँदा ट्याङ्करमै रहेका सिन्धुलीका २१ वर्षका रविन वाइबाको ज्यान गएको प्रहरीले जनाएको छ । वाइबाको बयोधा अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । यस्तै, घाइते भएका दुई जनाको पनि यही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहाेस्

रुपन्देहीमा कारको ठक्करबाट एकै परिवारका तीन जनाको मृत्यु, दुई घाइते

कार्तिक १४, काठमाण्डौ । रुपन्देहीमा छठ पूजाका लागि जाने क्रममा सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । सोमबार बिहान घरबाट नजिकैको छठ घाटमा जाने क्रममा सवारी दुर्घटना भएको हो । भैरहवाबाट परासीतर्फ जाँदै गरेको नम्बर पहिचान नभएको टाटा कम्पनीको इन्डोगो कारले ठक्कर दिँदा रुपन्देही ओमसतिया–४ पननीको एक महिने शिशुसहित २८ वर्षीया प्रमिला कुर्मी र १४ वर्षीया सीमा कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी श्यामु अर्यालले जानकारी दिए । त्यस्तै शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र ३५ वर्षीया मन्जु…

पुरा पढ्नुहाेस्

मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु, दुई घाइते

कार्तिक १, काठमाण्डौ । झापाको बिर्तामोड नगरपालिकामा सोमबार बेलुका मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा एक बालिकासहित दुई जना घाइते भएका छन्। बिर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे ५ प १६०४ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ३ प ५५८० नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । मत्यु हुनेमा मे ३ प ५५८० नम्बरका मोटरसाइकल चालक बाह्रदशी–२ का २५ वर्षीय अनिस साउदेन र मे…

पुरा पढ्नुहाेस्

महादेववेशीमा मोटरसाइकल दुर्घटना, एक बालकको मृत्यु, दुई घाइते

२९,काठमाडौँ । धादिङको थाक्रे–६ महादेवबेशीमा नौबिसेदेखि मलेखुतर्फ जाँदै गरेको ना ४ ख ९४४ नम्बरको ट्रकले बा ७३ प २१७६ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा एकजना बालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा २ जना गम्भीर घाईते भएका छन् । घाईतेलाई उपचारका लागि काठमाडौ ल्याइएको इलाका प्रहरी कार्यालय खानिखोलाले जानकारी दिएको छ । मृतक बालकको परिचय खुल्न बाकी रहेको प्रहरीले जानकारी दिएको छ । घटनाका प्रत्यक्षदर्शीका अनुसार ठक्कर दिने ट्रकले ठक्कर दिएपछि पुनः ब्याक गरि पेलेर भागेको बताउछ्न । उक्त ट्रक भाग्दै गर्दा नजिकैको स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।…

पुरा पढ्नुहाेस्

कारको ठक्करबाट बावु छोराको मृत्यु, दुई घाइते !

जेठ २८, कैलाली । कैलालीमा बा ८ च २१०० नम्बरको कारको ठक्करबाट बावु छोराको मृत्यु भएको छ । जिल्लास्थित घोडाघोडी नगरपालिका १ सुखडमा मंगलबार राती साईकलमा रहेका घोडाघाडी नगरपालिका १ जनकपुरका २६ बर्षिया सोनिया चौधरी र उनका छोरा ५ बर्षिया कृष्टन चौधरीलाई कारले ठक्कर दिएको थियो । साइकललाई ठक्कर दिने कार र चालक हाल प्रहरीको नियन्त्रणमा रहेको र उक्त कारले से ५ प ५७०६ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा दुई जनालाई घाइते बनाइको थियो । ठक्कर दिएपछि भाग्दै गरेको कार अनियन्त्रित हुँदा साइकल सवार दुई जनाले ज्यान गुमाउनुपरेको प्रहरीले बताएको छ…

पुरा पढ्नुहाेस्

चन्द्रागिरी नगरपालिकाको इँटाभट्टा चोकमा बम विस्फोट, दुई घाइते

जेठ १२,काठमाडौँ । जिल्लाको चन्द्रागिरी नगरपालिका–३, इँटाभट्टा चोकमा पनि बम विष्फोट भएको छ । प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा विष्फोट भएको हो । चन्द्रागिरी प्रहरीका एक अधिकारीका अनुसार विष्फोटमा परेर दुई जना घाइते भएका छन् । घाइते हुनेको सनाखत भएको छैन । ललितपुरको लगनखेलमा पनि शंकास्पद वस्तु भेटिएको छ । उक्त वस्तु प्रेसर कुकर बम भएको आशंका गरिएको छ ।

पुरा पढ्नुहाेस्

टिपर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

असोज २२, काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ घिक्केबाट जलवीरेतर्फ आउँदै गरेको बा४ख ३३३१ नं को टिपर हिजो बेलुका दुर्घटना हुँदा बलेफी गापा–१ सिम्ले ढाडे निवासी ६९ वर्षीय मोहन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा बाह्रबिसे नपा–७ निवासी चालक २२ वर्षीय रमेश श्रेष्ठ र सहचालक काभ्रे पाँचखाल नपा–५ का २४ वर्षीय प्रवीण बानियाँ घाइते भएका छन् । उनीहरु दुवैको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । ढुङ्गा लोड गरिएको उक्त टिपर सडक भासिएर करीब २०० मिटर तल घेलुङ खोलामा खसेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहाेस्