मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु, दुई घाइते

कार्तिक १, काठमाण्डौ । झापाको बिर्तामोड नगरपालिकामा सोमबार बेलुका मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा एक बालिकासहित दुई जना घाइते भएका छन्। बिर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे ५ प १६०४ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ३ प ५५८० नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

मत्यु हुनेमा मे ३ प ५५८० नम्बरका मोटरसाइकल चालक बाह्रदशी–२ का २५ वर्षीय अनिस साउदेन र मे ५ प १६०४ नम्बरका मोटरसाइकल चालक बाह्रदशी–६ का ४३ को भोलाराज भुजेल छन् ।

संम्बन्धित समचार

Leave a Reply