कास्कीको विजयपुर खोलामा फसेका चार जनाको सकुशल उद्धार

साउन १४,काठमाडौँ । कास्कीको पोखरा महानगरपालिका-१३ विजयपुर खोलामा फसेका चार जनाको सकुशल उद्धार भएको छ। सशस्त्र प्रहरीले खोलामा फसेका चार जनाको गएराति उद्धार गरेको हो । निर्माणाधीन पानी ट्याङ्की बोरिङ्गको प्रतिक्षालयमा बसिरहेको बेला बाढी आउँदा उनीहरु फसेका प्रहरीले जनाएको छ । बाढीमा फसेका २३ वर्षीय प्रेम सुनार, ४० वर्षीय सुदीप गुरुङ, २८ वर्षीय अर्जुुन विक र १९ वर्षीय क्षितिज नेपालीको उद्धार गरिएको हो । उनीहरु बाढीमा फसेको सूचना पाएपछि २४ नम्बर कालीका गण कास्कीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली उद्धारका लागि खटिएको थियो ।

पुरा पढ्नुहाेस्