च्याम्पियन्स लिगः पीएसजीको जित

फागुन ४, एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । मंगलबार राति भएको पहिलो लेगमा पीएसजीले स्पेनिस क्लब रियल मड्रिडलाई १-० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन केलियन एमबापेले निर्णायक गोल गरे । एमबापेले खेलको इन्जुरी समयमा गोल गरेका थिए । त्यसअघि खेलको ६२ औं मिनेटमा पीएसजीका लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका थिए । यस जितसँगै पीएसजीले अन्तिम आठमा पुग्ने सम्भावना बलियो बनाएको छ । दुई टोलीबीचको दोस्रो लेग खेल मार्च…

पुरा पढ्नुहाेस्